Blogs

  1. Home
  2. Blogs
image description

मधेस प्रदेशमा बेटि बचाऊ, बेटि पढाऊ अभियान अन्तर्गत पढ्ने बानी बिकास गराउनका लागि अमेरिकास्थित
गिभिंङ आशा संस्थाको सहयोगमा मधेस प्रदेशको धनुषा जिल्लाको जनकपुर धाममा कथालय र मिथिला
फाउन्डेसनको सहकार्यमा किताब वितरण गरिएको छ ।

३ दखि ५ वर्ष उमेर समुहका बालिकाहरुलाई लक्षित गरि किताब वितरण गरिएको छ। बालिकाहरुलाई आफ्नै
मातृभाषामा पढ्न सहज होस् भन्ने उदेश्यले कथालयले मैथिली भाषाका किताब वितरण गरेको छ ।

मैथिली भाषाका किताब सोनीके झोरा र समुन्द्र नामक चित्रकथा पहिलो चरणमा जनकपुरको वडा नं २ र ७
मा एक हजार जना बालिकालाई वितरण गर्नेगरी तयारी थालिएको छ। दुईटै वडामा जम्मा हजार जना
बालिकालाई किताब हस्तान्तरण गरिनेछ ।

कथालय इन्क र मिथिला फाउन्डेसनको सहकार्यमा जनकपुर साहित्य महोत्सव 2078 मा गगन थापाबाट
किताब हस्तान्तरण गरिएको थियो । सामाजिक संस्था गिभिंङ आशा र बेथ ब्रुस्टरको सहयोगमा पुस्तक
हस्तान्तरण गरिएको छ ।

Share: