Blogs

  1. Home
  2. Blogs
image description

प्रा .डा . सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारी मूलक पुस्तकस्वस्थ महिलावी रिडले सार्वजनिक गरेको बिहिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमा ताम्राकारकोस्वस्थ महिलापुस्तक मेडिकल क्षेत्रका अग्रज चिकित्सकको समुहले विमोचन गरेका हुन्

डा . सरोजा पाण्डे, प्रा .डा . सानुमैयाँ दली , प्रा .डा . प्रमिला प्रधान, प्रा .डा . आश्मा राना , प्रा .डा . लता बज्राचार्य, प्राज्ञ तथा लेखक अमर न्यौपाने, लेखककी श्रीमती चण्डेश्वरी श्रेष्ठ ताम्राकार सहित लेखक ताम्राकारलेस्वस्थ महिलापुस्तक विमोचन गरेका हुन्

बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दाका शारीरिक परिवर्तन, किशोरावस्थाका जटिलता जिज्ञासा , महिनावारी , पाठेघर डिम्बाशयबारे जानकारी , यौनजन्य संक्रमण, बाँझोपन, रजोनिवृत्ति लगायत महत्वपूर्ण विषयलाई पुस्तकले समेटेको पाठेघरको मुखको संक्रमणका साथै विभिन्न अंगमा हुने क्यान्सर, तिनको रोकथाम शल्यक्रिया अघिपछिको हेरचाहका बारेमा समेत पुस्तकले जानकारी दिनेछ

साधारण जानकारीको अभावमा महिलाहरुले कष्ट बेहो र्नुपरेको अनुभवका आधारमा उनीहरुको समस्यामा केन्द्रित रही पुस्तक तयार गरिएको लेखक ताम्राकारले बताए सन् २०१५ देखिनै स्वस्थ महिला पुस्तक लेख्न सुरु गरेको उनको भनाइ 

पुस्तकमाथी चर्चा गर्दै डा . सपना अमात्यले किशोरअवस्थामा देखिने शारिरिक परिवर्तनदेखि रजानेवृत्तीसम्मका बारेमा सरल किसिमले लेखिएको मेडिकल बुक जस्तै रहेको बताइन् उनका अनुसार सरल व्यक्तित्व मात्रै नभई काम, व्यक्ति लेखाई पनि सुमन एउटा महिलाको शरिरमा देखिने आइपर्ने रोगको बारेमा विस्तृतमा लेख्नु भएको हुँदा हरेक महिलाले पढ्नु पर्ने उनको भनाइछ हामीले लेख्दा धेरै शब्दहरु अगंरेजीमा मात्र आउथ्यो तर डा . सुमनले सरल भाषा  सबैले बुझिने गरी नेपालीमै लेख्नुपर्छ,’ उनले भनिन्, ‘यो पुस्तक हरेक महिलाले पढ्नु पर्छ शरिरमा भइरहेको कुरा , आउने परिवर्तनबारे पनि यो पुस्तकले बताउँछ

प्रा .डा . आभा श्रेष्ठले सरल भाषामा लेखिएको यो पुस्तक पढ्न मेडिकल पर्सननै हुनु नपर्ने बताइन् पुस्तकको ५९ वटा च्याप्टर हरेक महिलाको शरिरमा आउने परिवर्तन, रोगबारे लेख्नु भएको ,’ उनले भनिन्सरल रुपमा लेख्नु भएकोले यो पुस्तक बुझ्न मेडिकल पर्सन नै हुनुपर्दैन हरेक व्यक्तिले सहजै बुझ्न सक्नुहुन्छ स्वस्थ महिलापुस्तक हरेक व्यक्तिले पढ्नु पर्ने हरेक घरमा हुनु पर्ने उनले बताइन्

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा लेखक अमर न्यौपानेले किशोर अवस्थामा शरिरमा आउने परिवर्तनदेखि महिनावारी , रजोनवृतिसम्म महिलाको शरिरमा आउने रोगसम्म पुस्तकमा लेखिएको बताए शहरदेखि दुरदराजका हरेक महिला आवश्यकिय पुस्तक रहेकाले स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहहरुले स्वास्थ्य चौकीमा आउने महिलाको उपचार गरेपछिस्वस्थ महिलापुस्तक वितरण गर्नुपर्ने उनको जोड स्वास्थ्य चौकीमा आउने हरेक महिलालाई सरकार तथा पालिकाले यो पुस्तक वितरण गर्नुपर्छ, सरकारको लागि ठुलो कुरा होइन्, उनले भने, ‘सरकारले जनस्वास्थ्यमा गर्ने करौडो लगानी लाई यो पुस्तक वितरण गर्दा पनि धेरै बचाउन सकिन्छ

हरेक व्यक्तिले सिरानीमुनी वा सिरानीको आडमा राख्नु पर्ने पुस्तक रहेको उनले सुनाए यो पुस्तक महिला वा पुरुष सबैले पढ्न सिरानीमुनी वा सिरानी को आडमा राख्न जरुरी ,’ उनले भने, ‘एक पुरुषले पढ्नु भयो भने, उहाँले आफ्नो श्रीमती ,आमा , छोरी लगायतलाई भन्न वा सुझाउन सक्नुहुन्छ यस्तै आमाले पढ्नु भयो भने छोरी बुहारीलाई सिकाउन भन्न सक्नु हुन्छ आफ्नै घरमा समेत अत्यधिक रगत बग्दा आमाले आफ्नै श्रीमान्लाई समेत भन्न नसक्नुभएको उनले बताए समाजमा महिलाको विषयमा बोल्न अझै संकोच मान्छन्,’ उनले भने

पाठेघरमा हुने पानीको फोका , सिस्टदेखि परिवार नियोजनसम्बन्धी लेखिएकाले यो पुस्तक पढ्दा यस्ता रोगबाट जोगिन सक्ने प्रा .डा . पदम राज पन्तले बताए सर्वसा धरणका लागि धेरै उपयोगी पुस्तक रहेको उनको भनाइ इन्टरनेट, विकिपेडियाबाट स्वास्थ्यसम्बन्धी विभिन्न जानकारी पाउन सकिए पनि अंग्रेजी जटिल मेडिकल शब्दावलीका कारण बुझाइमा समस्या हुन सक्ने भएकाले आम नेपालीले बुझ्ने गरी नेपाली भाषामा पुस्तक ल्याइएको प्रकाशन संस्थाले जनाएको पुस्तकमा महिला स्वास्थ्यमा आइपर्ने विभिन्न समस्याको सरल तरिकाले व्याख्या गरिएको महिला स्वास्थ्यका कतिपय कुरा , जुन अरुलाई सोध्न बुझ्न असजिलो हुन्छ, त्यस्ता समस्या लाई पुस्तकले सहज बनाइदिएको प्रसूति अर्थात् गर्भवतीसम्बनधी एकाध पुस्तक नेपाली भाषामा उपलब्ध भए पनि स्त्रीरोग अर्थात् महिला स्वास्थ्यमा भने छँदै छैन भने पनि हुन्छ महिला स्वास्थ्यका विविध पक्षलाई समेटेर लेखिएको यो पुस्तक विषयवस्तु प्रस्तुतिका हिसाबले खँदिलो भएकाले प्रत्येक घरमा संग्रह गरेर राख्न उपयुक्त

 

 

Share: