Blogs

  1. Home
  2. Blogs
image description

मुस्तफा रुही सिरिनको लेखन र सेरप डेलिओर्मानको चित्राङ्कनमा रहेको पुस्तक रमाइलो सपना प्रकाशित भएको छ । सिरिन टर्कीस लेखक तथा पत्रकार हुन्। उनको दुई चित्रकथा नेपाली भाषामा प्रकाशन गरिएको छ। चित्रकार डेलिओर्मान लोकप्रिय चित्रकार हुन् । उनको चित्र थुप्रै चित्रपुस्तकहरुमा चित्राङ्कन गरिएको छ । चित्रकथा रमाइलो सपना टर्कीको
‘नर पब्लिसिङ’ प्रकाशन गृहबाट प्रकाशित पुस्तक हो । उक्त प्रकाशन गृहले १६ वर्षदेखि निरन्तर पुस्तक प्रकाशन गर्दै आइरहेको छ ।

चित्रकथा रमाइलो सपना एउटा मुडुले केटोको कथा हो जो जुक्ति निकाल्न र बठ्याइँ गर्न एकदमै सिपालु हुन्छ । एकदिन ऊ गुलेली लिएर सिकार खेल्न जान्छ र चालिसवटा चराहरु मारेर घर फर्किरहेको हुन्छ । फर्किने क्रममा उसलाई लुटेराहरुको पहरेदारले समात्छ र उसको चराहरु खोसेर लान्छ । आफुले सिकार गरेको चरा लगेको भन्दै केटो अनेकौँ उपाय र तिग्डम अपनाएर चराहरु फिर्ता ल्याउन सफल हुन्छ ।

चरा फिर्ता लगेपछि लुटेराहरु केटोलाई खोज्न सुरु गर्छ तर ऊ फेरी ती लुटेराहरुलाई आफ्नो जुक्ति र बठ्याइँमार्फत अस्पतालै भर्ना हुने अवस्थामा पुर्याउँछ। मुद्या राजा समक्ष पुग्छ र राजाले ती लुटेराहरुलाई दरबारमा उपस्थित हुन आदेश दिन्छन् र केटोको खोजी सुरु हुन्छ। भेट्नेबित्तिकै राजाले उसलाई जेल कोच्न लगाउँछन् । अब केटोले जेलबाट निस्किन कुनै उपाय लगाउला ?

बालबालिका लागि यो चित्रकथा एकदमै रोचक र ज्ञानमुलक हुनेछ। यो पुस्तकले बालबालिकामा पढ्ने बानीको विकास गर्नुको साथै अरु पुस्तक पढ्न उत्प्रेरित गर्ने छ ।

Share: